काठमाडौं,६ माघ २०७८ । कोरोना भाइरस (Covid-19) को तेस्रो लहरको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई सर्वसुलभ सेवा,सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति नेपाल विद्यार्थी संघले घोर भर्त्सना गरेको छ ।
नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएबाट पुन:सबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने भन्दै आहतमा बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताएका छन् ।
संघका महामन्त्री तिमल्सिनाले निगमले स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण,संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग,अनावश्यक कर हरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी संकट र महामारीकै बीच पटकपटक गरिएको मुल्यबृद्धि जनबिरोधी कार्य भएको भन्दै अत्यावश्यकिय उपभोग्य बस्तु माथी पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपर्ने भन्दै सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् ।








































