Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:०५ बिहान
- ADVERTISEMENT -

बर्जु महोत्सवमा आगजनी र तोडफोड

प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार

550
Shares

सुनसरी, ४ माघ २०७८ । भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन्।

सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो।

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन्।

कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० रुपैयाँका दरले टिकट काटेर बसिरहेका थिए।

स्रोतका अनुसार कलाकार यादवलाई विराटनगरमा रोकिएको छ।

उनको कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कार्पियो र मोटरसाइकमा आगजनी गरेका छन्।

स्टेज र कुर्सीहरू समेत तोडफोड गरेका छन्। स्थानीयको तोडफोडबाट ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

यद्यपि, घटनाबारे यकिन विवरण भने हालसम्म प्राप्त भएको छैन। अहिले घटनास्थलमा जिल्ला प्रहरी सुनसरीबाट प्रहरी परिचालन गरिएको छ।

सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेल मैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो।

मंगलबार महोत्सवको अन्तिम दिन थियो। कोरोनाको संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रोक लगाएको थियो। तर, आयोजकले प्रशासनको निर्देशन समेत अवहेलना गर्दै बर्जुमा उक्त महोत्सव जारी राखेकाले उक्त घटना भएको सुनसरी प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -