Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:५९:०२ राति
- ADVERTISEMENT -

कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सेवामा संकुच गर्ने निर्णय (विज्ञप्तिसहित)

प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार

586
Shares

काठमाडौं, मंगलबार, ४ माघ २०७८ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सेवामा संकुच गर्ने निर्णय गरेको छ ।

मंगलबार दिउँसो बसेको बैठकले स्थानीयस्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफैँ निर्णय गर्न सक्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार निर्णय अख्तियारी गरेको छ ।

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जुरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित रुपमा सुनुवाइ गर्ने निर्णय गरेको छ ।

त्यस्तै, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमित रुपमा सञ्चालन गर्ने, मुलुकी फौजदारी कार्यविधि संहित, २०७४ को दफा ७३, १३७ को ६ र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरुको निवेदन तथा प्रतिवेदनउपर सुनुवाए गर्ने, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दा हेर्दै र नि।सु।मा रहेका मुद्दाको सुनुवाई गर्ने र नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी, मुद्दा–निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने लगायतका कामकारबाही जनस्वास्थ्यका निर्धारित मापदण्डअनुसार सामाजिक दूरी कायम गर्ने, भिडभाड हुन नदिने लगायतका कुराहरुको पूर्ण परिपालना हुने गरी सञ्चालन गर्न सर्वोच्च अदालत प्रशासनले आवश्यक व्यवस्था मिलाउनुपर्ने छ ।

त्यस्तै, अदालतहरुमा अनावश्यक भीडभाड हुन नदिन अत्यावश्यक र न्यून सङ्ख्याको जनशक्तिबाट आलोपालो मिलाई अदालतको काम कारबाही गर्ने र टेलिवर्क वा अन्य तरिकाबाट निवास वा स्टेशनमा रही अदालतको कार्य सम्पादन गर्न मुख्य रजिस्ट्रारले आवश्यक व्यवस्था मिलाउनुपर्ने छ ।

उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्था समेतको मूल्याङ्कनको आधारमा उपयुक्त देखिएको कामकारबाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धी अदालत तथा न्यायाधीकरणहरुले मिलाउने र सर्बाेच्च अदालतमा जानकारी पठाउन निर्देशित गर्ने निर्णय भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयोे । यो निर्णय माघ ५ देखि १८ गतेसम्म सञ्चालन हुने सर्वोच्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -