- ADVERTISEMENT -

ई–पासपोर्ट लिन राष्ट्रिय परिचयपत्र अनिवार्य, कसरी दिने निवेदन ?

January 18, 2022
507
Shares
- ADVERTISEMENT -

काठमाडौं– विद्युतीय राहदानी अनिवार्य गरिएपछि राहदानी विभागमा भीड बढेको छ। सीमित जिल्लामा मात्रै विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिन सकिने व्यवस्थाका कारण राहदानी विभागमा भीड बढेको हो। विभागले हालसम्म २३ जिल्लाबाट ई–पासपोर्ट का लागि लाइभ इन्‍रोलमेन्ट गर्न सकिने व्यवस्था गरेको छ।

सरकारले मंसिर १ गतेबाट मेसिन रिडेबल पासपोर्टको ठाउँमा विद्युतीय राहदानी वितरण गर्दै आएको छ। ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। विभागले राहदानी जारी गर्ने संख्यामा वृद्धि गर्दै गए पनि त्रिपुरेश्वरस्थित कार्यालयमा भीड कम भएको छैन। केही दिन अघिसम्म दैनिक सात सय पासपोर्ट वितरण गर्दै आएको विभागले उक्त संख्यालाई वृद्धि गर्दै एक हजार माथि पुर्‍याएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -