- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

झ्याप्प झ्याप्प बत्ती जाने समस्याले हैरान

January 16, 2022
266
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडाैं । उपत्यका र देशका अन्य भागमा पछिल्लो समय बत्ती आउने–जानेक्रम बढेको छ । समय समयमा बत्ती आउने–जाने समस्याले उपभोक्ता हैरान भएका छन् । कुपन्डोल बस्ने कल्पेश तामाङ भन्छन्, ‘बत्ती आउने–जाने समस्याले कार्यालयको काम गर्नै समस्या भयो,’ उनी भन्छन्, ‘म डाटा इन्ट्रीको काम गर्छु, काम गर्दागर्दै झ्याप्प बत्ती गइदिन्छ, बत्ती आउनेसम्म कुर्नपर्छ ।

आएपछि काम गर्दा अबेरसम्म कार्यालयमै बस्नुपर्छ ।’ त्यस्तै, कञ्चनपुरकी गीता कार्की झ्याप्प झ्याप्प बत्ती जाने समस्याले हैरान भएको बताउँछिन् । ‘बत्ती आए पनि हिटरलगायतका १२ देखि १५ सय वाटका विद्युतीय सामग्री प्रयोग गर्नेबित्तिकै घरको पुरै बत्ती गइदिन्छ, प्राधिकरणले हैरान बनायो,’ कार्कीले भनिन् । नेपाल विद्युत् प्राधिकरणको जडित क्षमता २ हजार ६१ मेगावाट पुगेको छ । त्यसमध्ये अहिले हिउँदको समयमा खोलामा पानीको बहाव कम भएकाले १ हजार ४ सय ५० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भइरहेको छ ।

प्राधिकरणका अनुसार अहिलेको पिक डिमान्ड १६ सय देखि १७ मेगावाटको हाराहारीमा रहेको छ । अपुग विद्युत् भारतबाट आयात भइरहेको छ । विद्युत् माग बढेकाले प्रणालीले विद्युत् भार थेग्न नसकेर बत्ती अनियमित हुने गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईको भनाइ छ । अहिले काठमाडांै उपत्यकाको माग ४ सय ६० देखि ४ सय ९० मेगावाटको हाराहारीमा रहेको छ । अहिलेको संरचनाले ५ सय मेगावाट धानिरहेको छ । अर्कोतर्फ जमिनमुनिबाट बिजुलीको तार बिछ्याउने कार्यले समेत विद्युत् अनियमित हुने गरेको छ । विद्युत् प्राधिकरणले भने कन्डक्टर तथा प्रसारण लाइनको स्तरोन्नति गर्ने क्रममा फिडर बन्द राख्नुपर्ने, विकास निर्माणको काम गर्दा तार सार्नुपर्ने, अप्रत्यासित रूपमा विद्युत् माग बढेकोले वितरण ट्रान्सफर्मरको क्षमताले धान्दा नसक्दा समस्या देखिएको भन्दै झारा टार्दै आएको छ ।

काठमाडौं उपत्यकामा रहेका ३ हजार ३ सय ट्रान्सफर्मरमध्ये ५०–६० वटामा समस्या देखिएको समेत प्राधिकरणले जनाएको छ । अहिले मागअनुसार विद्युत् आपूर्ति जति पनि दिन सक्ने अवस्थामा रहेको भए पनि ट्रान्सफर्मरले विद्युत् भार थेग्न नसक्दा समस्या देखिन थालेको प्राधिकरण दाबी छ । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको योजना रहेको छ । भने प्राधिकरणले पनि स्वदेशमै विद्युत् खपत बढाउने अभियान अघि सारेको छ । प्राधिकरणले भने जस्तै वितरण प्रणालीमै समस्या हो भने स्वदेशमा विद्युत् खपत गर्नु निकै चुनौतीपूर्ण हुने देखिन्छ । बढी विद्युत् माग रहेका काठमाडांैलगायतका ठूला सहरमा प्रसारण लाइन र ट्रान्सफर्मरको कमजोरीका कारण बेलाबेलामा बत्ती गइरहने समस्या देखिएको छ । प्राधिकरणका अनुसार काठमाडौंको विद्युत् वितरण भरपर्दो हुन डेढ÷दुई वर्ष लाग्न सक्ने प्राधिकरणले बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

बारम्बार बत्ती आउने–जाने समस्या बढेसँगै लोडसेडिङको समस्या समाधान गर्न ठूलो भूमिका खेलेका प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि अर्कोपटक पद बहाली भएर आएपश्चात् समेत यो समस्या ज्युँका त्युँ छ । अहिले प्राधिकरणकै लापर्बाहीका कारण देशभरका उपभोक्ताले सास्ती खेप्नुपरेको छ । चिसो बढ्नु र ग्याँसको मूल्य पनि बारम्बार बढ्नाले अहिले मानिसले राइस कुकर, इन्डक्सन, हिटर, पानी तताउने रड÷जगजस्ता विद्युतीय उपकरणको खपत बढी गर्नाले पनि ट्रान्सफर्मरले लोड धान्न नसकी बारम्बार विद्युत् जाने अनि पड्किने समस्या भइराखेको प्राधिकरण बताउँछ । यद्यपि, झ्याप–झ्याप्प बत्ती जाने समस्या छिटै समाधान हुने दाबी गरेको प्राधिकरणले यो समस्या अहिलेसम्म पनि समाधान गर्न सकेको छैन

राजधानि डेलि

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com