- ADVERTISEMENT -

बन्दिपुर जीप दुर्घटना : नौ महिने बालिका सहित ६ जनाको मृत्यु, ८ जना घाइते

January 15, 2022
292
Shares
- ADVERTISEMENT -

तनहुँ, शनिबार, १ माघ २०७८ । तनहुँको बन्दिपुर-६ सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको जीप दुर्घटना हुँदा नौ महिने बालिका सहित ६ जनाको मृत्यु भएको छ । ग १ ज ६५५५ नम्बरको बोलेरो जीप अनियंत्रित भइ सडकबाट करिव दुई सय मिटर तल खस्दा एउटै गाउँका बालिका सहित चार जनाको घट्नास्थलमै मृत्यु भएको बन्दिपुर प्रहरी चौकीले जनाएको छ ।

बन्दिपुर-६ बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर-६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापा सहित सोही ठाउका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया शुसिलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, दुर्घटनामा परि घाइते भएका ४८ वर्षीय सन्त बहादुर गुरुङ र ५० वर्षीया बि माया गुरुङको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताउनु भयो ।

जीपमा १७ जना सवार रहेको बताइएको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको र एक जनाको अवस्था गम्भीर रहेको अध्यक्ष थापाले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय उद्धारमा खाटिएका थिए । दुरघटना के कसरी भएको हो भन्ने विषयमा अनुसन्धान गर्ने र चालकको खोजी भैरहेको तनहुँ प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -