२९ पुस, हेटौंडा ।
हेटौंडा उप–महानगरपालिका १८ फुर्केचौरमा रहेको कालिका दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आफ्नै भवन बनाउन थालेको छ ।
नव निर्मित भवनको भर्खरैमात्र नेपाली कांग्रेस वागमती प्रदेश सभापति, पार्टीका प्रदेशका संसदीय दलका नेता, पार्टी सभापति तथा पूर्वमन्त्री ईन्द्र बहादुर बानियाँले शिलान्यास गरेका छन् ।
हेटौंडा १८ का वडा अध्यक्ष अनिल कुमार बानियाँको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । दुग्ध शहकारीमा २ सय १७ जना दुग्ध उत्पादक कृषकहरुले आफूले उत्पादन गरेको दुग्ध बिक्री गर्दै आएका छन् ।
- ADVERTISEMENT -
कृषकहरुलाई चाहिने सबै सेवा दिने उद्येश्यले ६ वटा सटरसहित हल निर्माण गर्ने संस्थाको योजना रहेको संस्थाका अध्यक्ष शैलेन्द्रराज बानियाँले बताए ।
वडाले उक्त भवन निर्माणको लागि वडाबाट ६ लाख रुपियाँ विनियोजन गरेको छ ।
भवन शिलान्यास गर्दै प्रमुख अतिथि बानियाँले भवन सम्पन्न गर्न प्रदेश सरकारबाट आवश्यक बजेट व्यवस्था गर्ने बताए । भवन निर्माण सम्पन्न गर्न कम्तीमा ६० लाख रुपैंयाँ लाग्ने संस्थाको अनुमान छ । अध्यक्ष बानियाँ राजनीतिसँगै शैक्षिक र सामाजिक गतिविधिमा संलग्न रहँदै आएका छन् ।