- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सडक किनारमा तरकारी पसल सुरु

January 13, 2022
621
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उर्लाबारी, पुस २९ गते । बन्दाबन्दीले गाउँमा सञ्चालन गरेको चियापसल बन्द भएपछि मोरङ बेलबारी–१० का मेघराज बस्नेतले पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको चिसाङ–भाउन्ने सडक किनारमा तरकारी पसल सुरु गर्नुभयो ।

टाउको लुकाउने साधारण घर र अलिकति पाखोबारी मात्र भएका बस्नेतले ब्यापार सुरु गरेको अब चैतमा दुई बर्ष लाग्छ । बन्दाबन्दी सकिए पछि उहाँ सडकको ब्यापारबाट गाउँमा चियापसल गर्न फर्किनु भएन ।

अहिले मेघराज बस्नेत मात्र होइन । उहाँ जस्ता ३० भन्दा बढी ब्यापारी सडक किनारमा मौसम अनुसारको ब्यापार गरिरहेका छन् । मोरङको भाउन्ने र चिसाङ खोला पूर्व र पश्चिममा केरा र मकैको ब्यावसायिक खेती हुने गरेको छ । केरा र मकै मात्र होइन । निगुरो, तरुल र मौसमी तरकारी पनि त्यहाँको ब्राण्ड बनिसकेको छ । मेघराज बस्नेतले भन्नुभयो–मकै बाह्रै महिना उत्पादन हुन्छ । किसानको बारी मै गएर प्रति कट्ठा आठ हजार देखि ११ हजार सम्ममा हरियो मकै किन्न पाइन्छ ।

राजमार्गको दुबैतर्फ घना जङ्गल छ । दाउरा ल्यायो, भट्टी लगायो ,अनि पोलेका मकै बेच्यो । अझ चिसाङ खोलाले बगाएर ल्याएका सालका दाउरामा पोलेको मकै खोज्ने ग्राहक धेरै हुन्छन् । २१ महिना भयो, मेघराजले ब्यावसाय थालेको , त्यसयता कहिलै खालि हात घर फर्केको उहाँलाई सम्झना छैन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com