- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सिद्धपुरी अभियानलाई किन भयो ‘श्रीमान् गम्भीर नेपाली’ नै प्यारो ?

January 13, 2022
628
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पुष २९, काठमाडौं ।


सिद्धपुरी अभियानले पृथ्वीनारायण शाहको जन्मदिनमा पुरानै राष्ट्रियगान गाएको छ । मंगलबार शाहको परेको ३०० औं जन्मदिनको अवसरमा अभियानको जिल्ला समिति काठमाडौंले आयोजना कार्यक्रममा पुरानै राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपति’ गाएपछि उपस्थितहरु पनि छक्क परेका थिए । यसबारे जवाफ दिँदै केन्द्रीय अध्यक्ष सकुल शाहले भने ‘ हामी हिन्दुराष्ट्र र राजसंस्था मान्ने भएकाले नै त्यो राष्ट्रिय गान गाएका हौं, त्यो गानमा मात्र वास्तवमा नेपालको चित्र समेटिएको छ ।’

शाहले अरुले के गर्छन् भन्दा पनि आफ्नो लाइन के हो भन्ने कुरा महत्वपूर्ण रहेको बताए । उनले अहिलेको राष्ट्रिय गानले देशलाई विखण्डन गरेको र आपसमा द्धन्द्ध निम्त्याएको समेत आरोप लगाए । उनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्नेहरुले आफूहरुबाट सिक्नुपर्ने सुझाव पनि दिए । पृथ्वीनारायण शाहको फोटोमा फूलमाला चढाएर माल्यार्पण गर्दै कार्यक्रम सुरु भएको थियो ।

शाहले सरकारले बिदा नदिएर राष्ट्रनिर्माताको योगदानको अवमूल्यन गरेको बताए । ‘सरकार राष्ट्रनिर्माताको योगदानको कदर गर्नै सक्दैन भने उनीहरुलाई भन्नु केही छैन’ उनले थपे ‘नेताहरु त देशलाई विभाजन गरेर खाने सोचमा छन् त्यसैले पनि उनीहरुलाई राम्रो काम नपचेको हुनसक्छ ।’ शाहले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए यी नेताहरुको राजनीति गर्ने ठाउँ नै नरहने पनि बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अभियानका काठमाडौं अध्यक्ष लक्ष्मण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाही युवा शक्तिका केन्द्रीय सदस्य रामकुमार वस्नेत, अन्तर्राष्ट्रिय हिन्दु महासंघका हरी शर्मा, गुम्वा विहार महासंघका अध्यक्ष सानुबाबु लामा, श्रमजीवि ट्रेड युनियन महासंघका अध्यक्ष राम लामा, महासंघकै उपाध्यक्ष भुवन वस्नेतलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

रामकुमार वस्नेतले देश संकटग्रस्त अवस्थामा पुगेकाले नेताहरुले राष्ट्र बचाउन पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने बताए । वस्नेतले अहिलेका नेताहरुलाई देशको भन्दा पनि आफ्नो चिन्तामात्र भएकाले जथाभावी गर्दै आएको समेत आरोप लगाए ।

कार्यक्रममा नै श्रमजीवि ट्रेड युनियन महासंघका उपाध्यक्ष भुवन वस्नेतलाई अभियानको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । अभियान सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com