काठमाडौँ, बिहिबार, २९ पौष २०७८ । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ ।
देशका अधिकांश भागमा सामान्य बदली रहँदा प्रदेश १ का केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै, देशभर आंशिक बदली रहने छ ।
महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको भन्दै चिसोबाट बच्न र आवश्यक सुरक्षा अपनाउन अनुरोध गरेको छ ।








































