- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

January 12, 2022
538
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं– सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ।

महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले बुधबार विज्ञप्ति जारी गरी कोभिड–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा यही पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो। बालबालिकाहरु लामो समयदेखि प्रभावित रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्थामा वैकल्पिक माध्यमको सिकाइ सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समितिहरुलाई महासंघले आग्रह गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com