- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पर्यटनमन्त्री आले चढेको गाडीलाई ठक्कर दिने कारका ड्राइभर पक्राउ, अनुसन्धान सुरु

January 12, 2022
474
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, २८ पौष २०७८ । पर्यटनमन्त्री प्रेमबहादुर आले चढेको गाडीलाई ठक्कर दिने कारका ड्राइभरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

धनगढीको गेटा विमानस्थलभित्र प्रवेश गर्ने चोकमा पवन कडायत भन्ने चालकले हाँकेको बा ४ च १३७७ नम्बरको कारले मन्त्री आले सवार गाडीलाई ठक्कर दिएको थियो ।

धनगढी प्रहरीले चालक कडायतलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । कडायतले हाँकेको सो गाडीले मन्त्री आले चढेको गाडीलाई ठक्कर दिनुअघि सडकमा हिँडिरहेको गाईलाई ठक्कर दिएर घाइते बनाएको थियो । त्यहाँबाट भाग्ने क्रममा उच्च गतिमा रहेको कार सीधै मन्त्रीको गाडीमा ठोक्किएको थियो ।

कार्यक्रमको सिलसिलामा धनगढी पुगेका मन्त्री आले अर्को गाडीमा चढेर कञ्चनपुर पुगिसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com