Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:५९ बिहान
- ADVERTISEMENT -

सुँगुरको मुटु मानवलाई प्रत्यारोपण

प्रकाशित मिति: २०७८ पुस २७, मंगलबार

516
Shares

नर्थ क्यारोलिना (अमेरिका) पुस २७ गते । मासु खानका लागि विश्वभर सुँगुरको उपयोग त हुँदै आएको कुरा सबैलाई विदितै छ । अब त सुँगुरको मुटु खानको लागि मात्र होइन, मानवलाई सास फेर्नको लागि समेत उपयोग हुने भएको छ ।

मेरिल्याण्ड विश्वविद्यालय मेडिकल सेन्टरमा तीन दिन अघि गरिएको शल्यक्रियामा सुँगुरको मुटु मानवलाई प्रत्यारोपण गरिएपछि मुटुको पर्खाइमा वर्षौदेखि बसिरहेका मानिसहरु हर्षित भएका छन् । यसले अब हजारौँ मानिसहरु लाभान्वित हुने भएका छन् ।

हाल अमेरिकामा मात्र एक लाख मानिसहरु ठूलो शारीरिक कष्ट झेलेर मुटुको पत्यारोपणको पर्खाइमा बाँचिरहेका छन् । त्यसमध्ये प्रतिवर्ष छ हजार मानिसहरु कुनै व्यक्तिको मुटु दान नपाएर अकालमै मर्ने गरेका छन् भने तीन हजारले मात्र दानको मुटु पाएर जसोतसो प्रत्यारोपण गर्ने गरेका छन् । सुँगुरको मुटु मानवमाथि सफल प्रत्यारोपण गरिएको यो पहिलो पटक हो ।

मेरिल्याण्ड निवासी ५७ वर्षीय डेभ वेनेट त्यस्ता भाग्यमानी र साहसी दुवै व्यक्ति हुन् जसको छातीभित्र अहिले तीन दिनदेखि सुँगुरको मुटुको धड्कन बजिरहेको छ । चिकित्सकहरुका अनुसार, उनी विना भेन्टिलेटरको सहायताले अहिले सास फेरिरहेका छन् ।

अमेरिकी समाचारहरुले यो पत्यारोपणलाई निकै महत्वका साथ प्रवाहित र प्रक्षेपण गरेका छन् । समाचारपत्रका अनुसार, डाक्टर वार्टली ग्रिफिथको नेतृत्वमा छ सात जना चिकित्सकले गत शुक्रवार यो शल्यक्रिया सम्पन्न गरेका थिए । पुरानो मुटु झिकेर नयाँ सुँगुरको मुटु हाल्नका लागि पूरा नौ घण्टा समय लागेको थियो ।

मानव शरीरमा प्रत्यारोपण गर्ने उद्धेश्यले उत्पादन गरिएको यो सृुँगर एक वर्ष उमेरको थियो भने यसको तौल दुइ सय ४० पौण्ड थियो । मानिस र सुँगुरको मुटु लगभग मिल्ने गरेको चिकित्सकहरुको भनाइ छ ।

यो वास्तवमा ऐतिहासिक उपलब्धि हो, अब कसैले पनि मुटु नपाएर मर्नु पर्दैन न्यूयोर्क विश्वविद्यालय, लंगुनका शल्यचिकित्सक रवर्ट मोन्टगोमेरीको भनाइ छ । उनै मोन्टेगोमेरीले गत सेप्टेम्वरमा सुँगुरको किड्नी मानवमा प्रत्यारोपण गरेका थिए, तर त्यो सफल भने भएन ।
यो घटनाले उता पशु अधिकारकर्मीहरुको टाउको दुखेको छ । उनीहरु सुँगुरको मुटु प्रत्यारोपण गर्न नहुने तर्क गरिरहेका छन् ।

बिरामी डेभ वेनेटका छोरा डेभिडका अनुसार, डेभ तीनवटा सिँढी उक्लन पनि सक्दैनथे । उनलाई मुटुमा ठूलो समस्या थियो । उनलाई बचाउन हरसंभव उपाय भयो, कतिपय उनले अस्वीकार पनि गरे तर अन्तमा सुँगुरको मुटु पाए । यो नै उनको लागि सर्वोत्तम अवसर हो, छोरा डेभिड भन्छन् ।

डेभिडका अनुसार, उनका बाबुले भनेका थिए, तिमीहरुले केही चिन्ता नगर, मलाई भगवानले हातको सहारा दिनेछन् ।
शल्यक्रियामा जानु अघि डेभले भनेका थिए जे सुकै परिणाम आओस् म अरु मानिसलाई मदत गर्न चाहन्छु । उनी आफ्नो शरीरमा अब केही समयपछि पुनः मानिसकै मुटु राख्न चाहन्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -