- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भातृ संगठनलाई नियम संगत चलाउन नेविसंघ दबाब समूह को माग

January 10, 2022
749
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२६ पुस, काठमाडौं ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भातृ संगठनहरुको महाधिवेशन गराउन दबाब गरेको छ। संघले एक साताबाट दबाब समूह नै बनाएर संगठनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल अघि बढाएको हो ।

निरन्तरका रणनीतिक छलफल गर्दै आएको सो समूहको नेतृत्व नेविसंघका नेता ताराबहादुर थापाले गरिरहेका छन् । तत्काल नै पार्टी नेतृत्व समक्ष ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउने र मागहरु पुरा भएनन् भने दबाब स्वरुप विभिन्न गतिविधि अघि बढाउने थापाको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

थापा ‘नेविसंघ तरुण दलु लगायतका भातृ संगठनको नेतृत्व कांग्रेस केन्द्रीय सदस्य भैसकेका छन् । विधानले उहाँहरुलाई सोही पदमा रहिरहन दिँदैन, यसले गर्दा संगठनहरु प्रभावकारी हुन सक्तैन, त्यसैले समयमा नयाँ नेतृत्व आउनुपर्छ ।’ थापाले भने ।

अभियान अन्तर्गत हिजो भएको कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु डा। केदार सुवेदी, जय राम दाहाल, भरत खड्काले सो अभियानले कांग्रेसलाई थप मजबुत बनाउने बताए ।

नेविसंघका नेता शक्ति तामाङ, प्रध्यापक मधुसूदन सिग्देल, नेताहरु एन्पि जोशी, गौरव राइ, इन्द्र थापा, विनोद रावल, धिरेन्दर बम, पुजा शर्मा, माया डांगि नेता विशाल पौडेल लगायतले अभियानलाई सफल बनाउन एकजुट लाग्नुपर्ने बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com