- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रधानमन्त्री देउवाले गर्नुभयो विकास निर्माणबारे सचिवहरूसँग छलफल

January 5, 2022
240
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, २१ पौष २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गर्नु भएको छ ।

आज बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्नु भएको हो ।

प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सचिवहरूसँग छलफल गर्नु भएको हो । छलफलमा उहाँले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com