- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

धनुषामा प्रहरी र सीके राउत समूहका कार्यकर्ताबीच झडप, स्थिति नियन्त्रणमा लिन रबरको गोली चलाइयो

January 2, 2022
509
Shares
FILE PHOTO
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं- पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

सडक खुलाउने क्रममा सुरक्षाकर्मीमाथि आन्दोलनकर्मीले आक्रमण गरेपछि झडप भएको हो। झडपका क्रममा आठ जना सुरक्षाकर्मी र जनमत पार्टीका पाँच जना कार्यकर्ता घाइते भएको प्रहरीले जानकारी दिएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीसमेत चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए।

उनका अनुसार नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका एक गरेर आठ जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

- ADVERTISEMENT -

Advertisement

‘हामीले सम्झाइबुझाइ गर्दा पनि नमानेर उल्टै सुरक्षाकर्मीहरुमाथि ढुंगामुढासहित आक्रमण गरेपछि नियन्त्रणमा लिन रबर गोली र अश्रुग्यास प्रहार गरिएको हो,’ एसपी रजौरेले भने। घाइते भएका जनमत पार्टीका कार्यकर्तालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेसका जिल्लामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्दै आएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com