अमित भट्ट काठमाडौं
काठमाडौं स्थित नेपाल पर्यटन बोर्ड मा आज प्रमुख अतिथि सँस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आले ज्यू , वरिष्ठ कलाकार द्वय हरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठ , इतिहासविद् सत्यमोहन जोशी , बरिष्ठ गायिका कुन्ती मोक्तान , वरिष्ठ गायक तथा संगीतकार शिशिर योगि लगायत बिशिस्ट ब्याक्तित्वहरु को उपस्थितिमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल को आयोजनामा सम्पन्न भएको कार्यक्रम ” नवौं राष्ट्रिय पोशाक दिवस ” २०७८ मा सञ्चार क्षेत्रमा खेलेको भूमिकाको उच्च कदर गर्दै आयोजक टिमले सञ्चारकर्मी सुरेस तिमल्सिनालाई सम्मानित गरेको छ ।
माता मोहमाया तिमल्सिना र पिता कृष्ण प्रसाद तिमल्सिनाको कोखबाट सिन्धुपाल्चोक जिल्ला स्थित बाह्र्बिसे नगरपालिका – ९ , मा वि.स २०५७ सालमा जन्म लिएका सुरेसले कक्षा १० सम्मको अध्ययन आफ्नै गाउँमा रहेको श्री सरस्वती माध्यामिक विद्यालयमा गरेका थिए । विद्यालय स्तरमा हुने हाजिरीजवाफ प्रतियोगिता , बक्तित्वकला प्रतियोगिता , वादविवाद प्रतियोगिता , समाचार वाचन , निबन्ध लेखन जस्ता कार्यक्रममा सधैं सहभागी भएर प्रथम स्थान हासिल गर्ने उनीलाई पत्रकारितामा कसरी प्रवेश गर्नुभयो भनी प्रश्न गर्दा भन्छन ” म विद्यालय स्तरमा हुने हरेक कार्यक्रममा सहभागी जनाउथे एक हातमा माइक लिदै अर्को हात हल्लाउँदै बोल्थे खै बोल्थे आफैलाई थाहा हुँदैनथ्यो तर निर्णायकमण्डल ले नतिजा सार्बजनिक गर्दा म कुनैकुनै दोश्रो हुन परेन ।
यसै क्रममा मलाई याद छ विद्यालयमा एकदिन समाचार वाचन कार्यक्रम भएको थियो म त्यस कार्यक्रममा प्रथम हुन सफल भए । प्रथम भएसंगै मलाई धाप मार्दै शिक्षक तथा विद्यार्थी साथिहरु भन्नुहुन्थ्यो तिमी यसरी नै अगाडि बढ्दै गयौं भने भबिस्यमा राम्रो पत्रकार बन्छौ । सोही दिनदेखि मैले आफुलाई पत्रकारिता कै क्षेत्रमा स्थापित गर्ने सोच बनाए । ” कक्षा १० सम्म सिन्धुपाल्चोकमा अध्ययन गरेका उनी +२ देखि पत्रकारिता नै अध्ययन गर्ने सोचका साथ काठमाडौं भित्रीए । सिन्धुपाल्चोक हुँदा पत्रपत्रिका , रेडियो , अनलाइन लगायतका माध्यममा उनी काम गर्थे भने अहिले ” वास्तविक खबर ” नामक एक कार्यक्रम गरिरहेका छन ।
- ADVERTISEMENT -
यो देशमा हरेक कुनाकुनामा समस्या छन , पाइला पाइलामा भ्रष्टाचार छ यी सबैलाई एकैपटक अन्त गर्न त नसकिएला तर प्रयास गर्दै अगाडि बढ्ने आवाजविहिनहरुको आवाज बन्ने , लुकेका तथ्य खोतल्ने , सत्यलाई खोज र खबर गर्ने हो भने पत्रकारितालाई राज्यको चौथो अंग भन्न मिल्ने उनी बताउछन ।
सँस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आले ज्यू को हातबाट सम्मान पाएपछि उनिले सामाजिक संजाल फेसबुकमा आफ्नो खुशी यसरी साटेका छन । ” सँस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आले ज्यू को प्रमुख आथित्यतामा काठमाडौं स्थित नेपाल पर्यटन बोर्ड मा आज सम्पन्न भएको कार्यक्रम “नवौं राष्ट्रिय पोशाक दिवस” को अवसरमा सञ्चार क्षेत्रमा खेलेको भुमिकाको कदर गर्दै गर्नुभएको यो सम्मान प्रती आयोजक टिम “राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल” परिवारलाई बिशेष धन्यवाद पाइला भख्खरै अगाडि सर्दैछ , यात्रा लामो छ , गन्तव्य धेरै टाढा छ । यहाँहरुको साथ सहयोग र सद्भाव निरन्तर रहिरहनेमा म विश्वत छु । साथै आज पर्न गएको राष्ट्रिय पोशाक दिवस, नेपाली टोपी दिवस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा हजुरहरु सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।