Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५९:२१ बिहान
- ADVERTISEMENT -

चितवनमा घरेलु हिंसा बढ्यो, पाँच महिनामा ९३ जना कुटिए

प्रकाशित मिति: २०७८ पुस १८, आइतबार

447
Shares

चितवनमा पछिल्लो समय घरेलु हिंसाका घटना बढ्दै गएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आर्थिक वर्ष ०७८/७९ को पाँच महिनामा १९२ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।

गत आर्थिक वर्ष २०७७/०७८ को एक वर्षमा कुल १५४ वटा घरेलु हिंसाका निवेदन दर्ता भएका थिए । चालु आवको पाँच महिनामै गत आवमाभन्दा धेरै घरेलु हिंसा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरी अधिकारीका अनुसार चालु आवको पाँच महिनामा खान लाउन नदिएको ५४, कुटिपटको ९३ र गाली वेइज्जतिका ४५ वटा गरी १९२ घरेलु हिंसाका निवेदन दर्ता भएका हुन् ।

गत आव ०७७/७८ मा कुल खान लाउन नदिएको ७७, कुटपिटको ४४ र गाली वेइज्जतिका ३३ वटा गरी १५४ वटा निवेदन दर्ता भएका थिए ।
चालु आवको पाँच महिनामा दर्ता भएका १९२ निवेदन मध्ये मिलापत्रबाट १३८ र ५० वटा अदालतीय प्रक्रियाबाट मिलाइएको छ भने मंसिर महिनाको चारवटा निवेदमाथि छानविन भइरहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/२०७६ मा खान लाउन नदिएको ८९, कुटिपटको १३० र गाली वेइज्जतिका ११६ गरी ३३५, २०७६/२०७७ मा खान लाउन नदिएको ५५, कुटिपटको ३३ र गाली वेइज्जतिका २६ गरी ८४ र २०७७/२०७८ मा खान लाउन नदिएको ७७, कुटिपटको ४४ र गाली वेइज्जतिका ३३ गरी १५४ घरेलु हिंसाका घटना चितवनमा दर्ता भएका थिए । जसमध्ये प्रहरी कार्यालय र अदालती प्रक्रियाबाट सबै घरेलु हिंसाका घटना मिलापत्रमार्फत मिलाइएको छ ।

पछिल्लो समय जाडरक्सी, चुरोट, फेसबुक, इन्टरनेट जस्ता सामाजिक सञ्जालको बढ्दो प्रयोगले घरेलु हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएको छ । त्यस्तै शिक्षित र पढेलेखेका व्यक्तिबाट पनि हाम्रो समाजमा घरेलु हिंसाको घटना हुने गरेको पाइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -