जाडो बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय बन्द गरेको छ । हिउँ परेपछि अत्यधिक जोडो बढेकाले १० दिनका लागि विद्यालय बन्द गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार नगर क्षेत्रभित्रका ९४ विद्यालय पुस २६ गतेसम्मका लागि बन्द गरिएको हो । हिउँदे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको नगरप्रमुख रिजालले सुनाए ।