Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२९:५३ बिहान
- ADVERTISEMENT -

धुर्मुस पागल होईन , महापागल हो – सुरेस तिमल्सिना

प्रकाशित मिति: २०७८ पुस १६, शुक्रबार

681
Shares

तराई डुब्दा आफ्नो परिवार त्यागेर राहत र उद्दारमा लाग्ने पागल , भुकम्पले क्षतिग्रस्त गिरानचौर बस्ती बसाउने पागल , गास , बास र कपास नपाएर छट्पटी रहेका दुखी गरिबलाई सन्तपुर बस्ती , मुसहर बस्ती बसाउने पागल , देशलाई खेलकुदको माध्यमबाट विश्वभर चिनाउछु भनेर रङ्गशाला बनाउन अगाडि सर्ने पागल , छदाखादाको कलाकारिता छाडेर सामाजिक काममा लाग्ने पागल , धुर्मुस पागल होईन महापागल हो ।

मैले आजभन्दा ४ बर्ष अघि भेट्दाको धुर्मुस र अहिले भेट्दा को धुर्मुसमा आकाश पातलको फरक भैसकेछ । लाग्छ कि उ एउटा मानसिक सन्तुलन गुमाएको बिरामी हो । हास्य टेलिसिरियल ” मेरि बास्सै ” बाट सर्बत्र चर्चा कमाउदै लाखौं मात्र हैन करोडौं नेपालीको मन मस्तिष्कमा बसेको पात्र धुर्मुस कहिले तराई डुब्दा उद्दार र राहतमा त कहिले भुकम्पले क्षतिग्रस्त बस्ती बसाउन तिर लाग्यो , बिस्तारै कलाकार धुर्मुस सामाजिक अभियान्ता हैन कयौं सामाजिक अभियान्ताहरुको प्रेरणाको स्रोत बन्न पुग्यो ।

आज त्यही धुर्मुसलाई न त कलाकारितामा न त सामाजिक काममा नै सफल हुन सक्यो भनिरहेका छन । हो धुर्मुसले हार्यो होला तर धुर्मुसले हार्दा आज सारा नेपालीको हार भैरहेको छ । ७/८ बर्षकि आफ्नो छोरीलाई काठमाडौं छाड्यो , अस्वस्थ आफ्नी आमालाई काठमाडौं छाड्यो , यति मात्रै कहाँ होर ” धुर्मुस ” नामले जसरी चिरपरिचित थियो त्यहीँ पाटो कलाकारिता पनि छाड्यो र लाग्यो चितवन देशलाई बिश्वभर खेलकुदको माध्यमबाट चिनाउछु भन्दै ” गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला ” निर्माण गर्न , शुरुमा कयौं सहयोगिहातहरु अगाडि लम्किए , उ ढुक्क थियो रंगशाला बन्छ भन्नेमा , ढुक्क पनि किन नहोस् किनकी उ आफ्नो घर हैन राष्ट्रको लागि एउटा धरोहर ठडाउने अभियानमा थियो ।

मेरो सौभाग्य भनौं रङ्गशाला निर्माण अभियानमा करिब १८ महिना धुर्मुस संगै रहेर सहकार्य गर्ने अवसर मिल्यो । त्यो १८ महिनामा मैले धुर्मुसलाई यति नजिक बाट बुज्ने मौका पाए । बुज्ने मौका मात्र हैन मैले उ बाट एउटा ठुलो शिक्षा पाए कि जिन्दगीमा आउने हरेक चुनौतीलाई सामाना गर्न सक्नुपर्छ । संगै रङ्गशाला रहदा उसलाई न आफ्नो परिवारको चिन्ता थियो , न आफ्नो स्वास्थ्यको चिन्ता , न आफ्नो कलाकारिताको नै चिन्ता । रातभर परिश्रमी दाजुभाइहरु संगै हासखेल गर्दै काममा लाग्ने धुर्मुस खै कति बेला सुत्थ्यो , कति बेला खान्थ्यो , कती बेला आफ्नी आमा संग , आफ्नी छोरी संग फोनमा बोल्थ्थो म आफै छक्क पर्थे ।

खाजाको प्लेट अगाडि टेबलबाट धुर्मुसलाइ नियालिरहेको हुन्थ्यो भने धुर्मुस आफ्नै शुरमा कसरी रङ्गशाला बनाउने तिर केन्द्रित हुन्थ्यो । खाजा सेलाउदै जान्थ्थो । अनि म भन्थे दाइ खाजा खानुसन , अनि उ भन्थ्यो कान्छा खाउ ह्यार तिमी मलाई भोक लागेको छैन । आफुले खाइ नखाइ गरेर रंगशाला निर्माणमा लागेको धुर्मुस अहिले १७ करोड ऋण आफ्नो टाउकोमा बोकेर हिडिरहेको छ । रङ्गशालामा हुँदै त कति फोन म आफै उठाइदिन्थे अहिले त झन उसलाई कति फोनले सताइरहेको होला । अहिले धुर्मुस एक्लो भएको छ । कहिले मन्त्री क्वाटर त कहिले सिंहदरबार धाइरहेको छ । सरकार गुहारी रहेको छ र भनिरहेको छ ” समृद्धि सम्भव छ हाम्रै पाला , बनाऔं मिलि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला “

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -