Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:०७ बिहान
- ADVERTISEMENT -

इन्टर मिलान फर्किन लुकाकु ईच्छा

प्रकाशित मिति: २०७८ पुस १६, शुक्रबार

577
Shares

काठमाडौँ । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले चेल्सी छोड्न चाहेको सार्बजनिक रुपमा बताएका छन् । गत सिजनमा इन्टर मिलानबाट चेल्सी आएका लुकाकुले केहि महिनामा नै आफ्नो पूर्व टिम इन्टरमा फर्कने आफ्नो इच्छा सार्वजनिक रूपमा व्यक्त गरेका हुन् ।

स्काई स्पोर्ट्ससँगको अन्तर्वार्ताका क्रममा लुकाकुले चेल्सीका प्रशिक्षक थोमस टुचालको रणनीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आफु अहिलेको चेल्सीको अवस्थाबाट खुशी नभएको बताएका छन् । 

पछिल्लो दुई खेलमा दुई पटक गोल गरेका लुकाकुले चेल्सीमा टुचेलले प्रयोग गरिरहेको फर्मेसनप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले भने- ‘शारीरिक रूपमा म ठीक छु, तर म चेल्सीको अवस्थासँग खुसी छैन । टुचेलले अर्को तरिकाबाट खेल्ने रणनीति बनाएका छन् । यसमा म खुसी छैन र यो सामान्य छ । मैले गर्न सक्ने एउटै कुरा हो हार मान्नु र व्यावसायिक रूपमा जारी राख्नु ।’

लुकाकुले फ्यानहरुसँग माफी माग्दै यस्तो हुन्छ भन्ने आफुले नसोचेको बताए । उनले आफ्नो हृदयमा इन्टर मिलान रहेको र त्यहाँ फेरि खेल्ने आशा गरेको बताएका छन् ।

उनले भनेका छन्- ‘म मेरो हृदयको मुहानबाट इन्टरमा फर्कन चाहन्छु । म यहाँ मेरो करियरको अन्त्यमा गर्न चाहन्न, म अझै उच्च स्तरमा छु ।’

लुकाकु इन्टर मिलानमा सफल सिजन पछि चेल्सी फर्किएका थिए । इन्टर मिलानलाई लागत सिजनमा ११ वर्षपछि सिरी ए को उपाधि जिताउन लुकाकुले महत्वपूर्ण भूमिका खेलेका थिए ।

म्यानचेस्टर युनाइटेडबाट २०१९ मा इन्टर मिलान गएका लुकाकुले दुइ सिजनमा पहिलो सिजनमा ३४ र दोस्रो सिजनमा ३० गोल गरेका थिए । २०२१ मा चेल्सी आएका उनले अहिलेसम्म १८ खेलमा ७ गोल गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -