- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च १६ लाख ४४ हजार बढिमा कोरोना पुष्टि

December 31, 2021
377
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं – कोरोना महामारीमा पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्टले विश्व पुनः असामान्य अवस्थातर्फ फर्कदैछ । पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च १६ लाख ४४ हजार ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

तथ्याङ्क सम्बन्धी वेभसाईट वल्डोमिटर्सका अनुसार यसअघिको १० लाख दैनिक संक्रमणको अवस्थाबाट हिजो ह्वात्तै बढेको हो । यद्यपि मृत्युदर भने उच्चभएको छैन । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार ४२६ रहेको छ ।

विश्वकै विकसित देश अमेरिकामा कोरोना भाइरसको संक्रमणको अवस्था भयावह भएको छ । अमेरिकामा बिहिवार मात्रै पाँच लाख ४५ हजार ४५८ जनामा कोरोना भाइरस संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसको तथ्याङ्क सम्बन्धी वेभसाईट वल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३२९ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा संक्रमण हुनेको संख्या पाँच करोड ५२ लाख २६ हजार २५२ पुगेको छ भने कूल मृत्यु हुनेको संख्या आठ लाख ४५ हजार ७१२ जना रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com