जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध उत्खनन् गर्ने ६ ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको गस्ती टोलीले हेटौँडास्थित राप्ती खोलाबाट ना. ६ त ३७८३, ना. ४ त ५७०७, ना. ६ त २९१७, ना. ६ त १०५१, ना. ७ त ५९७२, एउटा अनटेस्ट ट्याक्टर नियन्त्रणमा लिएको हो ।
अवैध रूपमा नदीजन्य पदार्थ ग्राभेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि समन्वय समितिको कार्यालय पठाएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।