पर्वत : हिमपातका कारण मुस्ताङमा अलपत्र सातजनाको उद्धार गरिएको छ। उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ घुम्न बाग्लुङबाट गएका सात जनाको पारिवारिक टोली हिमपातकै कारण बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३‚ समर भीरमा अलपत्र परेका थिए।
हिमपातले सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ जान नसकी चराङबाटै जोमसोमतर्फ फर्किने क्रममा उनीहरू अपपत्र परेका थिए। उनीहरूलाई मंगलबार राति ८ बजे चराङबाट फर्किएका उनीहरू करिब १० बजे समर भीरमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले बताए।
उनीहरूलाई जोमसोमबाट करिब डेढ घण्टाको दूरीमा रहेको उक्त स्थानमा पुगेर उद्धार गरेर होटेलमा राखिएको अधिकारीले बताए। सदरमुकाम जोमसोममा हल्का हिमपात भए पनि उपल्लो मुस्ताङमा भने करिब दुई फिट बाक्लो हिउँ जमेको उनले बताए। अत्यधिक चिसोका कारण स–साना खोलानालामा पानी जमेको छ। धारामा आउने पानी पनि बरफ बनेको छ।








































