पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा मंगलबार राति आगलागी भएको छ । आगलागीमा ३ वटा घर जलेका छन् ।
स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जल्दा सुन, चाँदी, लत्ताकपडा, खाद्यान्न र नगदसहित ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
विद्युत सट भएर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।








































