Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:५६:०३ राति
- ADVERTISEMENT -

अंग्रेजी नयाँ वर्षमा नेपाली टोपी दिवसको रुपमा मनाइँदै

प्रकाशित मिति: २०७८ पुस १३, मंगलबार

680
Shares

काठमाडौं, १३ पौष २०७८ । जागरुक युवा अभियान नेपालले विगतका वर्षमा झैँ यस वर्ष पनि १ जनवरीमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ। विगत नौ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरीमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस अभियानले यस वर्ष पनि निरन्तरता दिँदै १७ पुस (१ जनवरी)का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ ।

अघिल्ला वर्षमा भेला भएर सामूहिक रूपमा टोपी दिवस मनाउँदै आएको अभियानले यस वर्ष कोरोनाभाइरस संक्रमण जोखिम कायम रहेकाले औपचारिक कार्यक्रम नगरी सामाजिक सञ्जालबाटै मनाउन सबैमा आग्रह गरेको छ ।

विगत वर्षहरुमा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरि कार्यक्रम गर्दै आएको थियो ।

अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन । तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए ।

२०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिक रूपमा हटाएपछि त्यसलाई ससम्मान फिर्ता हुनु पर्ने मागसहित सरकारलाई दबाब दिनका लागि नेपाली टोपी दिवस मनाउन थालेको संस्थाका सचिव ज्ञानमणि नेपाल कालोटोपीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -