- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘हरेक राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन्, एमसीसीमा पनि त्यस्तै’ : प्रकाण्ड

December 28, 2021
570
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुर्खेत । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेकाे आरोप लगाएका छन् । जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले यस्ताे आरोप लगाएका हुन् ।

००७ साल, २०४६ साल र २०६२/०६३ काे जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको उनले बताए । ‘जनताले ठूलो बलिदानबाट राज्यको परिवर्तन गर्ने गरेका छन् । त्यो सुशासन र विकासका लागि हो ।’ उनले भने, ‘तर नेताहरुले कहिले गण्डक, कोसी र कर्णाली बेचेका छन् । अहिले एमसीसीका नाममा पनि त्यस्तै हुँदैछ ।’

नेपालमा ०४६ सालदेखि जनताको दु:ख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उनले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा गरे ।

स्थानीय चुनाव संसदीय चुनाव नभएर जनताको लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने जनमतसंग्रह गर्न आग्रह गरे । ‘अब व्यवस्था परिवर्तनका लागि जनमत संग्रह हुन जरुरी छ । यहाँ कहाँको स्थानीय तहको निर्वाचनको कुरा गरिरहेका छन् ।’ उनले भने, ‘जनताले के चाहेका छन् भन्ने उनीहरूले बुझेका छैनन् ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com