काठमाडौँ, १२ पौष २०७८ । नेपाली कांग्रेसले जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा आउँदो पुस २७ गते अधिवेशन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज साेमवार बसेको बैठकले जिल्ला कार्यसमिति चयन गर्न बाँकी जिल्लामा २७ गते अधिवेशन गर्ने निर्णय गरेको समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्