- ADVERTISEMENT -

चौतारा हाफ म्याराथन २४ पुसमा

December 27, 2021
569
Shares
- ADVERTISEMENT -

काठमाडौं, १२ पौष २०७८ । सिन्धुपाल्चोकको चौतारमा पहिलो पटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुला हाफ म्याराथन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा २४ पुसमा पाँच विधामा हाफ म्याराथन हुन लागेको हो ।

प्रतियोगितामा पुरुष र महिला तथा ४० देखि ५५ बर्ष सम्मको भेट्रान्स पुरुष, महिला र ५५ बर्षमाथिका ‘सुपर भेट्रान्स’ हुनेछ । आयोजकले पत्रकार सम्मेलनमार्फत भेट्रान्सतर्फको सबै इभेन्ट १५ किलोमिटरमा हुने बताएका छ ।

- ADVERTISEMENT -

Advertisement

हाफ म्याराथनको महिला तथा पुरुष विजेताले ४४ हजार चार सय ४४ तथा उपविजेता पुरुष तथा महिलाले समान २२ हजार दुई सय २२ पाउने छन् । प्रतियोगिता साँगाचोकगढीबाट सुरु भइ उल्केनी, इर्खु, मेलचौर, चौतार हुँदै टुडिखेल पुगेर टुंगिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -