पौष ११, गोरखा
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन को ११ औं केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ ।
बुटवलमा समपन्न भएको केन्द्रीय महाधिवेशनबाट शैलेस लामिछाने केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित हुनभएको हो ।
लामिछाने निकै समय देखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाको अध्यक्ष भई मजदुरको निम्ती काम गर्दे आएका थिए ।
अब आउने दिनमा मजदुरको हक हितको निम्ती काम गर्ने उनले बताए । साथै मजदुर को आवाज अझै बुलन्द बनाउदै लाजाने उहाँको भनाई छ ।
लामिछाने नेकपा एमाले गोरखा जिल्ला कमिटी सदस्य पनि हुनुहुन्छ ।
संगठन को केन्द्रीय सदस्यमा गण्डकी प्रदेश बाट शैलेश लामिछाने र हरिराम धिताल बिजय हुनुभएको हो ।
साथै केन्द्रीय अध्यक्षमा भिम ज्वाला राई र महासचिव केशब थापा निरु पनि निर्विरोध निर्वाचित हुनु भएको छ।