- ADVERTISEMENT -

प्रदेश खेलकुद परिषद्ले शुरु ग¥यो तिन महिने सहायक प्रशिक्षक तालिम

December 25, 2021
485
Shares
- ADVERTISEMENT -

पोखरा, शनिबार, १० पौष २०७८ । प्रदेश खेलकुद परिषद् गण्डकीले ३तिन महिने सहायक प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको छ । उक्त तालिमको एक कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उद्घाटन गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री नेपालीले यो तिन महिने प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाउन सहायक हुने बताउँदै प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन प्रदेश खेलकुद नीति निर्माणका लागि पहल शुरु गर्ने बताएका छन् । खेलकुदको महत्त्व समाजले धेरै बुझेको धारणा अघि सार्दै मुख्यमन्त्री नेपालीले भने–“जसरी हामीले प्रदेशको स्वास्थ्य र शिक्षालाई प्रभावकारी बनाउन नीति बनायौँ त्यसरी नै प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन हामी खेलकुद नीति निर्माण गर्नेछौँ ।” उनले चाँडै नै विज्ञहरू राखेर खेलकुद नीति निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने समेत उल्लेख गरे ।

- ADVERTISEMENT -

Advertisement

प्रदेशको खेलकुद विकासलाई अघि बढाउन सरकार सँग भएको स्रोत र साधनको समुचित उपयोग गर्दै मुख्यमन्त्री नेपालीले उच्चस्तरको समिति गठन गरेर प्रदेश भित्रका जग्गाहरूको खोजी गर्ने सँगै प्रदेशको हिमाली, पहाडी र तराईमा कुन खेल कहाँ गर्ने भन्ने विषयमा समेत अध्ययन गरिने बताए । गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद आयोजना हुनु प्रदेशका लागि गौरवको विषय रहने बताउँदै आयोजनाका लागि प्रदेश सरकार गम्भीर भएर अघि बढ्ने बताउँदै मुख्यमन्त्री नेपालीले भने–“नवौँ राष्ट्रिय खेलकुदको तयारी सँगै खेलकुद विकासका लागि कहाँ र कस्ता पूर्वाधारहरूको निर्माण आवश्यकता हुन्छ त्यसका लागि आगामी बजेटमा पहल गर्नेछौँ ।”

सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव ध्रुव गौडाले तालिम सफलताको शुभकामना व्यक्त गर्दै खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर भएर अघि बढ्ने उल्लेख गरे । त्यसै गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले प्रदेशको खेलकुद विकास र खेलाडीको भविष्यका लागि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्नु पर्ने समय आएको बताउँदै प्रदेशमा आवश्यक खेलकुद पूर्वाधारहरूको निर्माणमा पहल गर्नुपर्ने उनको भनाई थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा आफ्ना धारणा राख्दै खेल विज्ञ डा.प्रकाश प्रधानले समग्र सामाजिक परिवर्तन र आर्थिक रूपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड् दिँदै भने–“खेलकुद नै समाज र राष्ट्रको विकासका लागि उच्च मानक हो र त्यो तथ्यमा आधारित छ ।” उनले गण्डकी प्रदेशले पहिलो पटक सहायक प्रशिक्षण उत्पादन गर्न शुरुवात गरेकोमा आभार व्यक्त गर्दै खेलकुद प्रशिक्षक उत्पादनका लागि वैज्ञानिक दक्षता हासिल गर्न कार्यक्रम महत्त्वपूर्ण हुने बताए । यसै गरी खेल विज्ञ डा.पदम खडकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरव बढाउन प्रदेश सरकारले हाइ अल्टिच्यूड खेल मैदानको निर्माण कार्य अघि बढाउन जोड दिए । उनले खेलकुद विकासका सङै प्रदेशलाई खेलकुदको अनुसन्धान केन्द्रको रूपमा विकास गरिनुपर्ने कुरा औँल्याए ।

सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले मुलुकको समृद्धिका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड दिँदै दिगो विकास लक्ष्य हासिल गर्न खेलकुदको महत्त्व अझै बढेर गएको धारणा राखे । कार्यक्रममा प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतम, कार्यक्रमका संयोजक कृष्ण तिमिल्सिना लगायतले आफ्ना भनाई राखेका थिए ।

प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको उक्त तिन महिने सहायक प्रशिक्षण तालिममा ९ जिल्लाका ९३ जना प्रशिक्षकहरूको सहभागिता रहेको छ । तालिममा खेल विज्ञहरू डा.प्रकाश प्रधान, प्रो.डा.रामकृष्ण महर्जन, डा.पदम खड्का, डा. खड्ग सिंह गुरुङ, पार्थ सारथि सेन गुप्ता, इन्द्र गुरुङ, रिता प्रजापति, आशिष आचार्य, दिवाकरलाल अमात्य, मधुसूदन सुवेदी, सुलोचना सिजाइख्वा, डा.मनिष कुमार साह र प्रो.पशुपति अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -