दाङ : दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारागारबाट भागेका छन्। जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार हिजो राती अस्पतालबाटै भागेका हुन्। घोराही कारागारका नाइके रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेको प्रहरीले जनाएको छ।
उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए। उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको थिए। अस्पतालबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।