Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:०९:४७ बिहान
- ADVERTISEMENT -

कांग्रेसको केन्द्रीय सदस्यको चुनाव जित्ने सबै धनाढ्य देउवा प्यानलबाट

प्रकाशित मिति: २०७८ पुस ९, शुक्रबार

649
Shares

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवार बनेका अधिकांश ठूला व्यवसायीले जित हासिल गरेका छन्। 

कांग्रेसमा आबद्ध अधिकांश ठूला व्यवसायीले शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बन्दै केन्द्रीय सदस्यमा जित हात पारेका हुन्। 

अर्बपति व्यवसायीहरु खुल्ला सहित मधेशी र जनजाति कोटाबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। 

डलर अर्बपति विनोद चौधरी मधेशीतर्फको खुला केन्द्रीय सदस्य भएका छन् । ५ जनाको लागि भएको मतदानबाट विनोद चौधरी निर्वाचित भएका छन्। उनले सर्वाधिक दोस्रो बढी मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ। 

पहिलो रहेका अजय चौरसिया २ हजार ५२२ मत ल्याउँदा विनोद चौधरी २ हजार २०६ मत ल्याए। 

खुल्ला केन्द्रीय सदस्यमा जिप छिरिङ लामा २ हजार ७०२ मत ल्याएका छन्। वार्षिक अर्ब बढीको कारोबार गर्ने निर्माण व्यवसायी तथा सांसद जिप छिरिङ लामाले देउवा प्यानलबाट खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। 

रसुवा कन्स्ट्रक्सनका सञ्चालक मोहन आचार्यले १ हजार ७५१ मत पाएका छन्। अघिल्लो निर्वाचनमा रसुवाबाट संघीय सांसद जितेका आचार्य केन्द्रीय सदस्य भएका हुन्। उनी खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। 

आदिवासी तथा जनजातिको कोटाबाट २ ठूला व्यवसायी कांग्रेसको चुनावमा होमिएका थिए। जसमा दुवैजना विजय भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। 

हाल प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठ स्वास्थ्य, शिक्षा क्षेत्रका ठूला व्यापारी हुन्। उमेश श्रेष्ठले २१ सय ४४ मत ल्याएका छन्।

नुवाकोटका निर्माण व्यवसायी बहादुर सिंह लामाले पनि जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। उनले जनजातितर्फ तेस्रो सर्वाधिक २ हजार ११४ मत ल्याई विजयी भएका छन्। 

होटल तथा क्यासिनो व्यवसायी राजेन्द्र बजगाईं शेखरको प्यानलबाट खुल्ला सदस्यमा प्रतिस्पर्धा गरेका थिए। बजागाईंले १ हजार ३५३ मत ल्याई पराजित भएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -