काठमाडौ : नुवाकोट जिल्ला विदुर नगरपालिका वडा न ५ मा रहेको ज्येष्ठ नागरिक सेवा आश्रम भवनमा नेपाली चेली फाउन्डेसन र लाजिम्पाट अपार्टमेन्टको सहकार्यमा न्यानो लत्ताकपडा , दाल , चामल , नुन , तेल लगायतका खाद्यान्नका सामाग्री पनि सहयोग गरिएको छ ।
करिव ४० जना वृद्धवृद्धा रहेका उक्त आश्रममा सबैलाई पुग्ने जाडोका न्याना बाक्ला कपडा हरु वितरण गरिएको हो ।
सामाजिक अभियान्ता , चर्चित व्यवसायी गौरी गिरि र मिरा गिरि दम्पतीले पनि यो सहयोगमा ठूलो भुमिका खेलेका छन ।
नेपाली चेली फाउन्डेसनबाट अध्यक्ष कविता खाती , सचिव यम कला केसि , कोषाध्यक्ष संगिता पाण्डेको उपस्थितिमा उक्त सहयोग कार्यक्रम सम्पन्न भएको हो ।








































