काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो कार्यभार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरणले आफ्नो कार्यभार र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई नयाँ चुनौति थपिएको बताउनु भयो ।
उहाँले नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा रहेको र अन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकोले त्यसतर्फ समेत भएर व्यवस्थापन प्राधिकरणले काम गर्नुपर्ने बताउनु भयो । मन्त्री खाँडले अब पुनर्निर्माण प्राधिकरणले गरेको पुनर्निर्माणको अनुभवलाई लिएर व्यवस्थापन प्राधिकरणले देशको पुनर्निर्माणको क्षेत्रलाई उकास्नु पर्ने बताउनु भयो ।
- ADVERTISEMENT -
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो ।
उहाँले यो उपलब्धिको जगमा उभिएर २०३० सम्म विपद् उत्थानशील मुलुकको रुपमा नेपाललाई विकास गर्नुपर्ने बताउनु भयो । कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणले मुलुक दिगो विकास गर्नका लागि सबै प्रकारका जोखिमबाट सुरक्षित मुलुकको विकास गर्ने एउटा आधार निर्माण गरेको बताउनु भयो ।
त्यस्तै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बितेको ६ वर्षमा हासिल गरेको उपलब्धिहरुलाई कायम राख्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनु भयो । उहाँले ६ वर्षका सीप, ज्ञान र अनुभवलाई नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत पु¥याउनु पर्ने बताउनु भयो ।
कार्यकारी प्रमुख पोखरेलले पुनर्निर्माण प्राधिकरणको एक समूहलाई नै संरचनामा ल्याएर काम अघि बढाउने बताउनु भयो । उहाँले निर्माण भएका भौतिक संरचनालाई सदुपयो गर्नु अबको चुनौति रहेको समेत बताउनु भयो ।