- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पोखरा म्याराथन सफल बनाउने अभियानमा प्रदेश सरकारको साथ

December 23, 2021
351
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पोखरा, ७ पौष २०७८ । पोखरा म्याराथन सफल बनाउने अभियानमा गण्डकी प्रदेश सरकार साथ रहेको प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनु भएकाे छ ।

सफल पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरुसंगको छलफलमा मुख्यमन्त्री नेपाली उक्त कुरा बताउनु भएकाे हाे । “गण्डकी प्रदेश सरकार पोखरालाई खेलकुदको हव बनाउने कुरामा दृढ छ, यसै क्रममा पोखरा म्याराथन पनि रहेकोले यसलाई सफल बनाउने अभियानमा हाम्रो साथ संधै रहने छ,” उहाँले भन्नुभयाे ।

खेलकुद विकासका लागि नै प्रदेश सरकारले खेलकुद मन्त्रालय समेत बनाएर अघि बढाएको बताउँदै प्रदेश सरकारकोतर्फबाट पोखरा म्याराथनको मुख्य संरक्षक समेत रहनु भएका मुख्यमन्त्री नेपालीले पूर्व खेलाडीहरुले आफ्नो सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न आग्रह गर्नुभयाे । “पोखरा खेलकुदको महत्व वुझ्ने थलो भएकोले पनि पोखरा म्याराथनलाई सफल बनाउन यहाँहरुले खेल्ने भूमिकाले म्याराथन सफल हुने कुरामा म विश्वस्त छु,”उहाँले भन्नुभयाे–पोखरा म्याराथन अन्तर्राष्ट्रिय खेलाडीहरुको आकर्षणको केन्द्र बनाउन सक्दो पहल गर्न र त्यसतर्फ आफ्ना कार्यक्रम अघि बढाउन म आग्रह गर्दछु ।”

सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारलाई आग्रह गर्दै समाजमा खेलको महत्वबारे अझै जनचेतना जगाउन आवश्यक रहेको बताउनु भएकाे थियाे । उहाँले पोखरा अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चले गरेका अभियान लगायतका विषयमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउनु भएकाे थियाे ।

- ADVERTISEMENT -

Advertisement

साे अवसरमा आफ्ना भनाइ राख्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले १६ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभएकाे थियाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com