काठमाडौँ, मंगलबार, ६ पौष २०७८ । नेपाली काँग्रेस केन्द्रिय सदस्यमा गोरखाका अब्दुल सत्तार विजयी हुनु भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा २ हजार २ सय २८ मतसहित केन्द्रिय सदस्यमा विजयी हुनु भएको हो ।
गोरखा क्षेत्र नम्बर २ बाट महासमिती सदस्य समेत रहनु भएका सत्तर नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
सत्तार मुस्लिम आरक्षण काेटाबाट उम्मेदवार बन्नु भएको थियो ।
साेही काेटाबाट रुपन्देहीका अब्दुल रज्जाक विजयी हुनु भएको छ ।
यसअघि नेपाली कांग्रेसको रुपन्देही जिल्ला सभापति रहेका रज्जाक समेत केन्द्रिय सदस्यमा विजयी बन्नु भएको थियो । रज्जाकले २ हजार ३ सय ९० मतसहित विजयी हुनु भएको हो ।
दुवै जना शेर बहादुर देउवा प्यानलबाट उम्मेदवार बन्नु भएको थियो । १० जना प्रतिस्पर्धीमा २ जना केन्द्रिय सदस्यमा चयन हुने प्राबधान रहेको छ ।








































