काठमाडौँ, आइतबार, ४ पौष २०७८ । नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २ हजार ९ सय ९३ मतगणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २ हजार ४ सय ४२ मत प्राप्त गर्न सफल हुनु भएको छ ।
साथै, एनपी साउदले १ हजार ८ सय ९६ मत प्राप्त गर्नु भएको छ ।
शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएपछि आइतबार बिहानबाट पुनः सुरु भएकाे हाे । ३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ ।
२ हजार ९ सय ९३ मत गणना सकियो, कस्को कति मत, (सूचीसहित)










































