Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:४७ बिहान
- ADVERTISEMENT -

केन्द्रीय सदस्य मतगणना : २ हजार ३ सय ९३ मत गन्दा शशाङ्क कोइराला अगाडि

प्रकाशित मिति: २०७८ पुस ४, आइतबार

454
Shares

काठमाडौँ, आइरबार, ४ पौष २०७८ । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ । बाँकी मत अघि बिहान पाैने ११ बजेदेखि गन्न सुरु गरिएको हो ।

खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धी ९९ मध्ये खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने छन् । गएरातिसम्ममा २ हजार ३ सय ९३ मतपत्रकाे गणना सकिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो । उहाँकाअनुसार बाँकी रहेकाे मत आज गणना गरेर सक्ने तयारी छ ।

अहिलेसम्मको मतगणनाअनुसार डाक्टर शशाङ्क कोइरालालाई सबैभन्दा धेरै मत प्राप्त भएको छ । अहिलेसम्म कोइरालाले १ हजार ९ सय ७१ मत पाउनु भएको छ । यस्तै, कांग्रेसको १४औँ महाधिवेशनको सबै परिणाम आउन समय लाग्ने भएको छ । यस अघि पुस ५ गते अर्थात भोलिसम्ममा आउने भनिए पनि अझै धेरै मत गन्न बाँकी रहेकाले चुनावको सबै परिणाम आउन समय लाग्ने निर्वाचन समितिले जनाएको हो । समितिकाअनुसार आउँदो बुधवारसम्ममा गणना सक्ने गरी तयारी भएको छ ।

गएको २४ गतेदेखि २७ गतेसम्म कांग्रेसको चाैधाैँ महाधिवेशन काठमाण्डौमा भएको थियो । सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि गएको सोमवार मतदान भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -