काठमाडौं, आइतबार, ४ पौष २०७८ । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ। पार्टी कार्यालय सानेपामा केहिबेर अघिबाट मतगणना सुरु भएको हो ।
शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । ३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।
५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका छन् । ३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।