काठमाडौं, आइतबार, ४ पौष २०७८ । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । पछिल्लो विवरण अनुसार उनीसँगै एनपी साउदले दोस्रो नम्बरमा मत पाइरहेका छन् ।
शेरबहादुर देउवा र शेखर कोइराला दुवै प्यानलमा शशांकलाई राखेका थिए । २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा कोइरालाले सर्वाधिक १९७१ मत पाएका छन् ।
देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न खोजे पनि नपाएका एनपी साउद कोइराला भन्दा पछिको मत पाइरहेका छन् । उनले १५३८ मत पाएका छन् । उनीपछि गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले १५०७ मत पाएका छन् ।
खाँणपछि सभापति देउवाकै गृहप्रदेशका रमेश लेखकले १४५१ मत पाएका छन् । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि १४२३ मत पाए ।
- ADVERTISEMENT -