Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१५:४६ बिहान
- ADVERTISEMENT -

कांग्रेस खुला केन्द्रीय सदस्य : ८ सय मत गन्दा को को अगाडी

प्रकाशित मिति: २०७८ पुस ३, शनिबार

653
Shares

काठमाडौं, नेपाली कांग्रेसको खुलातर्फ ३५ केन्द्रीय सदस्यको लागि भएको मतगणनाको विवरण बाहिर नल्याई निर्वाचन समितिले सकेसम्म राति अबेरसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

३५ केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार छन् । खुलातर्फ कांग्रेसका प्रभावशाली र बरिष्ठ नेताहरुबीच प्रतिस्पर्धा छ । निवर्तमान महामन्त्री डा.शशांक कोइराला दुवैतर्फको प्यानलमा परेकाले पहिलो नम्बरमा छन् ।

१२ ठाउँमा भइरहेको गणनाको पछिल्लो मत संख्या सार्वजनिक गरिएको छैन । मतगणनास्थलमा रहेका एक कांग्रेस नेताका अनुसार ८ सय मत गन्दा पहिलो नम्बरमा शशांक छन् भने दोस्रो नम्बरमा बालकृष्ण खाँण छन् ।

तेस्रो स्थानमा ज्ञानेन्द्रवहादुर कार्की रहँदा चौथोमा रामहरी खतिवडा र पाँचौ स्थानमा अर्जुन नरसिंह केसी छन् । त्यस्तै छैटौंमा रमेश लेखक, सातौंमा एनपी साउद, आठौंमा रामशरण महत र नवौंमा दिलेन्द्र बडू छन् भने बलवहादुर केसी दशौं नम्बरमा छन् ।

तर, विभिन्न बुथमा गनेको मत तलमाथि भइरहेको छ । शुरुमा एक सय मत गन्दा दोस्रो नम्बरमा रहेका उदय शमसेर जबरा पछिल्लो चरणमा टप टेनभन्दा बाहिर परेका छन् ।

मतगणना आधा नाघेपछिमात्र ३५ जनामा को को पर्छन् भन्ने आँकलन गर्न सकिने निर्वाचन समितिका एक सदस्यले बताए । गणना भइरहँदा केन्द्रीय सदस्यका उम्मेदवारमध्ये कतिपय आफैं गणनास्थलमा छन् भने केहीले प्रतिनिधि पठाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -