काठमाडौँ, शुक्रबार, २ पौष २०७८ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा खस-आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित हुनु भएको छ ।
शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार सभापति शेरबहादुर देउवा समूहका राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित हुनु भयो । राठौर २५७६ मत पाएर निर्वाचित हुनु भयो भने चालिसेले २०५९ मत मात्र प्राप्त गर्नु भयो ।