काठमाडौं, १ पौष २०७८ । नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् ।
गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन् ।
मतगणना जारी रहँदा ३८६७ मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो ।








































