काठमाडौं, प्रमुख सत्तारुढ दल कांग्रेसको उपसभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी गणनामा धनराज गुरुङ र चन्द्र भण्डारीले अग्रता लिएका छन्। पूर्णबहादुर खड्का भण्डारीभन्दा पछि परेका छन्। गुरुङले भने सुरुदेखि नै अग्रता लिइरहेका छन् ।
तीन हजार मतगणना हुँदा गुरुङले एक हजार चार सय ६० मत प्राप्त गरेका छन् । डा. चन्द्र भण्डारीले एक हजार एक सय ७५, पूर्णबहादुर खड्काले ८९० र विजयकुमार गच्छदारले ८२२ मत प्राप्त गरेका छन्।
महेश आचार्यले ३५० मत ल्याएका छन्। सुजाता कोइराला र दिव्येश्वरी शाह पछि परेका छन्।








































