काठमाडौं, बुधबार, २९ मङ्सिर २०७८ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्रीसमेत रहनु भएका देउवा कांग्रेसकाे १४औँ महाधिवेशनबाट दाेस्राे पटक सभापतिमा निर्वाचित हुनु भएको हो ।
नेपालले फेसबुकमा लेख्नुहुन्छ, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’








































