काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गतको सभापतिका लागि सुरु भएकाे दोस्रो चरणको मतदानमा ६ बजेसम्म १ हजार ५ सय भन्दा धेरै मत खसेको छ ।
सोमबार भएको पहिलाे चरणकाे मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणको मतदान भइरहेको हो । राष्ट्रिय सभागृहमा ६ वटा बुथबाट मतदान भइरहेको छ ।
हालसम्म १ हजार ५ सय बढी मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । पहिलो चरणमा धेरै मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् ।








































