काठमाडौं, २८ मङ्सिर २०७८ । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।
सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।