काठमाडौँ, मंगलबार, काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ । मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म आधाभन्दा बढी मतगणना सकिएको छ ।
कसले कति मत पाए?
शेरबहादुर देउवा : १२६५ – (४७.२५ प्रतिशत)
शेखर कोइराला : ९८० – (३६.६१ प्रतिशत)
प्रकाशमान सिंह: २०७ – (७.७३ प्रतिशत)
विमलेन्द्र निधि: १९५ – (७.२८ प्रतिशत)
कल्याण गुरुङ : १२ – (०.४५ प्रतिशत)
बदर : १८ (०.६७ प्रतिशत)
जम्मा गणना : २६७७








































