- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मतदान सकिएको केही समयमा नै सभापतिको मतगणना

December 13, 2021
367
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, २७ मङ्सिर २०७८। नेपाली कांग्रेसभित्र नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि आज मतदान भइरहेको हो । निर्वाचन तालिकामा मतदान बिहान ८ देखि ५ बजेसम्म हुने उल्लेख गरिए पनि राति ९ बजेसम्म सम्पन्न हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिको अनुमान छ ।

मतदान सकिएसँगै सभापति पदको मतगणना सुरु गरिने समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए । सभापति पदमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार रहेका छन् ।

कांग्रेस विधान अनुसार सभापति पदका उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउनु पर्छ । नल्याएको खण्डमा सभापतिको लागि पुन मतदान हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ । सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने संयोजक घिमिरेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com